स्वास्थ्य प्रोटोकलभित्र कार्यक्रम गर्न बन्देज लगाइएको छैनः गृह मन्त्रालय

गृह मन्त्रालयले स्वास्थ्य प्रोटोकलभित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश तथा उदेश्य नभएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले असोज १४ गते जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको…