जीवन बीमा कम्पनीद्धारा दुई महिनामा ६.३८ अर्बको नयाँ व्यवसाय विस्तार

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् । वैदेशिक रोजगार बीममशुल्क सहित दुई महिनामा कुल २८ अर्ब १४ करोड रुपैयाँको व्यवसाय विस्तार भएकोमा नयाँ व्यवसायको हिस्सा २२.६७ प्रतिशत रहेको छ । भदौसम्म २१ अर्ब ५७ करोड नविकरण शुल्क संकलन भएको छ ।…