नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् महसुलप्रति मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । विद्युत् नियमन आयोगले आज आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी सर्वसधारण, उद्योगी व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले प्राधिकरणले प्रस्ताव गरेको २० युनिटसम्म खपत गर्ने ग्राहकलाई छुट दिने विषय जायज भएको बताए । उनीहरूले डिमाण्ड शुल्कमा भएको वृद्धि भने आफूहरुका लागि मान्य…