कुनैबेला काठमाण्डौ छाड्नेहरुका बीचमा कोसेलीको राजा मानिने गुँदपाक तथा पुष्टकारीको उपभोग पछिल्ला दिनहरुमा खस्किँदो अवस्थामा छ । गुणस्तरको कमी हुँदा समय समयमा यस्ता उत्पादनमा हुने अनुगमन र यस सम्बन्धमा आउने समाचारका कारण पछिल्लो समय गुँदपाक तथा पुष्टकारीको उत्पादन तथा खपत घट्दै गइरहेको छ । अर्कातिर विदेशी मिठाइको प्रभावले युवा वर्ग पनि यो मिठाइमा त्यति रुचीकर…