नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य…