पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको एक्सनपछि १८८ अंकको गिरावटपछि मंगलबार करिब ८० अंकले बाउन्स ब्याक भएकोमा बुधबार पुन नेप्से ५० अंक बढीले घटेको छ । पछिल्लो राजनैतिक घटनाक्रम र बजारमा बुधबार फेरि सूचक घटेपछि लगानीकर्ताहरु सस्तो मूल्यमा मात्र खरीद गर्ने मनोभावमा देखिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्राधनमन्त्री केपी शर्मा…