नेपाल प्रहरीले मास्कमा कालोबजारी गरेको अभियोगमा एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले अधिकारी फार्मेसीका सञ्चालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ पक्राउ गरेको हो । अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि सञ्चालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने…