स्टक ब्रोकर एशोसिएसन नेपालले राष्ट्रिय आबिस्कार केन्द्रलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। एशोसिएसनमा आवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको एशोसिएसनका महासचिव गुणनिधि भुषालले जानकारी दिए । एशोसिएनसले आबिस्कार…