प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको उक्त रकम सहित २ जनालाई बिहीबार बिहान पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल–२५ बस्ने ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने ३७ वर्षीय विनोद कुमार रहेको प्रहरीले जनाएको…