अघिल्लो दिन झण्डै ८० अंकले घटेको शेयर बजारमा सोमबार शेयर बिक्रीको चाप घटेपछि नेप्सेले पुरानै लय समातेको छ । बजार फर्कर्ने आशमा लगानीकर्ताले सस्तो मूल्यमा शेयर बिक्री गर्न नचाहेपछि कारोबार रकममा कमी आएपनि सूचकमा सुधार आएको हो । बिक्री चाप घट्दा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने कारोबारमा आएका सबै समुहमा हरियाली छाएको छ…