नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको हो। बिहीबार पत्रकार सम्मेलनमार्फत विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको जानकारी दिएको छ । यसअघि २.२७…