प्रहरीले स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ सहित ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको छ । सिरहा न.पा.२१ लकढीगोठबाट नगद सहित सोही न.पा. बस्ने यादवलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका यादवलाई प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको हो।यसबारे…