मर्जर पछि समीट लघुवित्तको शेयर कारोबार खुल्यो, एफपीओ निष्काशन गर्ने

समीट लघुवित्तको रोक्का रहेको शेयर कारोबार सुचारु भएको छ । सजिलो लघुवित्तसँगको मर्जर पछि बनेको समीट लघुवित्तको शेयर कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेका अनुसार मर्जर पछि समीटको कुल शेयर संख्या ३९ लाख कित्ताभन्दा बढी कायम भएको छ । सजिलो लघुवित्तले सर्वसाधारणमा शेयर निष्काशन नगरेको हुनाले सजिलोको १४ लाख कित्ता संस्थापक…