अन्य क्षेत्रमा लगानी संकुचनले शेयर बजारमा सुधार, एक अर्ब ८५ करोडको कारोबार

शेयर बजारमा पछिल्लो केहि दिन यता सुधारको क्रमले निरन्तरता पाएको छ । देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि शेयर अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा सकारात्मक प्रभाव परेको हो। बन्दाबन्दीले बजारका अन्य लगानीक्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ । यतिबेला वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेको र ब्याजदर समेत घट्दो क्रममा…