राष्ट्र बैंकले एक खर्ब निक्षेप लिएपछि ब्याजदर करिडोर भित्र, अन्तर बैंकदर ३ प्रतिशत माथि

नेपाल राष्ट्र बैंकको डेढ महिनाको निरन्तर प्रयासपछि अल्पकालिन ब्याजदर ब्याजदर करिडोर भित्र आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई निक्षेप संकलन मार्फत खिचेपछि व्याजदर करिडोर भित्र आएको हो । मंसिरको सुरुवात देखि २ खर्ब ८२ करोड रुपैयाँ बरावरको तरलता वित्तीय प्रणालीबाट खिचेको छ । त्यस मध्ये पनि बिहीबारसम्ममा एक खर्ब १० अर्ब…