तरलता व्यवस्थापनका लागि बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि पुस ११ गते बुधबार बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी १४ दिनको लागि ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंकिङ्ग प्रणालीमा ३२ अर्ब ९८ करोड ८७ लाख अधिक तरलता छ।…