निर्मलीकरणपछि विद्युतीय शवदाह गृह सञ्चालन गरिंँदै

पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका पुरुषको गत बिहीबार शवदाह गरेपछि बन्द गरिएको शवदाह गृहलाई निर्मलीकरण गरी आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोरोना सङ्क्रमित भई निधन भएका पाँचौँ व्यक्ति बुङ्मतीका पुरुषको शवदाह गरिएपछि ३६ घण्टाभन्दा…