सरकारले बन्दाबन्दी (लकडाउन) आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताए। मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताए। आजको बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको…