विश्व बजारमा खाद्य सामग्रीको मूल्यमा अप्रिल महिनामा पनि गिरावट देखिएको संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) ले बिहीबार जानकारी गराएको छ । विश्वव्यापी महामारीका रूपमा कोरोनाभाइरसको सङ्क्रमणका कारण खाद्यान्नको मागमा देखिएको कमीका कारण मूल्यमा गिरावट आएको हो । खाद्य सामग्रीको समग्र सूचकाङ्कमा मार्चको तुलनामा अप्रिलमा ३.४ प्रतिशतले न्यूनता देखिएको र यस बर्ष निरन्तर तेस्रो…