तातोपानीबाट चिनियाँ सामग्री आयात गर्न दिन सहमति, बिहीबार सेनाको सुरक्षा सामग्री आउँदै

आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । आज तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पोलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपु¥याउने सहमति जुटेको…