कोरोना भाइरस महामारीका कारण १.६ अर्ब मानिस तत्काल रोजीरोटी गुम्ने जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठनले चेतावनी दिएको छ। यो संख्या विश्वको श्रमशक्तिको झण्डै आधा हिस्सा हो। विश्वभर करिब ३.३ अर्ब मानिस काम गर्छन्। जसमध्ये २ अर्ब मानिस अनौपचारिक क्षेत्रमा काम गर्छन्। यी छोटो अवधिको सम्झौता, स्वरोजगार, ज्यालादारीजस्ता काममा रहेकाहरुले महामारीको पहिलो महिनामा ६० प्रतिशत आय…