विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको असर विभिन्न क्षेत्रमा परिरहँदा केन्द्रीय ब्याङ्कले नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत त्यसको नकारात्मक असर पर्न सक्ने सङ्केत दिएको छ। यसै हप्ता प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स अर्थात् विप्रेषण र निर्यातमा गिरावट तथा पर्यटकबाट हुने आम्दानी घट्दा विदेशी मुद्राको आर्जन कम हुने अनुमान सुनाए। 'कोभिड-१९…