कर्णाली प्रदेश सरकारलाई ११० थर्मलगन सहयोग

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कर्णाली प्रदेश सरकारलाई ११० थर्मलगन सहयोग गरेको छ। रोजगारीका निम्ति प्रवासिएका कर्णाली प्रदेशका नागरिकको सामूहिक प्रयत्नबाट उठेको रकमले ११० थर्मलगन खरिद गरी समाजले प्रदेश सरकारलाई सहयोग गरेको हो। समाजका सुर्खेत संयोजक एवं पत्रकार नगेन्द्र उपाध्यायले सहयोग गरिएका थर्मलगन आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरे। संयोजक उपाध्यायका अनुसार कर्णालीबाट दक्षिण कोरियामा…