सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाइल एपमार्फत मोबाइल बैंकिङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेमार्फत ग्राहकले ५० भन्दा…