विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी कारण विश्वभर अहिलेसम्म २ लाख ४४ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ८३ हजा ३४७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ८ हजार ८८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ८५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका लागि संकट बनिरहेको कोरोना भाइरस अहिलेसम्म विश्वका २१० देशमा फैलिएको छ ।
महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६७ हजार ४४४ जनाको मृत्यु भईसकेको छ भने ११ लाख ६० हजार बढीलाई संक्रमण भएको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार १०० जनाको मृत्यु भएको छ भने २ लाख ४५ हजार ५६७ जनालाई संक्रमण भएको छ। इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ७१० जनाको मृत्यु भएको छ।
त्यस्तै बेलायतमा २८ हजार १३१, फ्रान्समा २४ हजार ७६० जनाको मृत्यु भएको छ । त्यस्तै जर्मनीमा ६ हजार ८१२ जनाको मृत्यु भईसकेको छ । चीनमा आज थप २ जना नयाँ संक्रमित थपिएका छन् ।
चीनमा योसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ८७७ पुगेको छ भने ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् । छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ भने ३९ हजार ६९९ जनालाई संक्रमण भएको छ ।












प्रतिक्रिया