असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले काम दिने, औपचारिक क्षेत्रकालाई बैशाखको आधा तलब

सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ । यसअघि सरकारले पेशा अपनाउन नसकेर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले काममा लगाउने निर्णय गरेको हो। यही वैशाख १४…