नेकपाका दुई सांसद र पूर्वआइजिपी खनाल विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दर्ता हुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार प्रहरीमा उजुरी दिन पुगेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पुगेर आइतबार दिउँसो यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिएका पुगेका हुन्। जाहेरी दिन समाजवादी र राजपा…