कोरोनाको बढी जोखिम देखिएको सुदूरपश्चिममा १८७ नमूना ‘नेगेटिभ‘

कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना 'नेगेटिभ' आएको छ । यहाँ आयोजित 'कोभिड-१९ मिडिया ब्रिफिङ' मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए । प्रदेशमा एक महिला…