गभर्नर सिफारिस समितिमा भट्टराई र बास्कोटा सदस्य

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। १६ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्तिको लागि सिफारिस समिति बनाएको हो। अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेका छन् । नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले…