असल श्रम सम्बन्ध विकासमा रोजगारदाता र ट्रेड यूनियन बीच सहकार्य हुने

नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र बीच मंसीर २४ गते एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुुवै संस्था बीच आपसी सम्बन्ध सुमधुर बनाउंदै आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा महासंघकातर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ…