कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम बढि रहेका बेला विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले आम नागरिकलाई भ्रमित पार्ने किसिमका प्रवद्र्धनको क्रमलाई तिब्रता दिएका छन् । नगद नोटको प्रयोगबाट कोरोना भाइरस संक्रमण हुने भएकाले आजैदेखि विद्युतीय भुक्तानी गरी बँचौं भन्ने किसिमका सन्देश सहित विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले व्यवसाय प्रवद्र्धनलाई तिब्रता दिएका हुन् । नेपाल राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विद्युतीय…