एक्सेल डेभलपमेन्ट बैंकको नाफा ३५ प्रतिशतले बढ्यो

एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८८ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब ३५ प्रतिशत बढी हो । गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ६१ लाख खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा बढेको हो…