ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच मेयर विकास उद्यमशीलता कार्यक्रमअन्तर्गत ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता गरिएको छ । नगरपालिकाका तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकका तर्फबाट नेपाल बैंक वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता लागू भएपछि यस वर्ष २८० जनाले लाभ लिनेछन् । लाभ लिनेलाई नगरपालिकाले तालीमसमेत दिइसकेको जनाएको…