गोरखाको नेपाने माध्यमिक विद्यालय, सिरानचोकका प्रधानाध्यापक शिवकुमार साह समेतले विद्यालयमा लाइब्रेरी व्यवस्थापनको लागि निकासा भएको रकम हिनामिना गरेपछि अख्तियारले मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक साह समेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको जनाएको छ ।…