नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले वितरण गर्ने लाभांश (नगद वा बोनस शेयर) सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत केन्द्रीय बैंकले २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने रकम तोकेको छ । राष्ट्र बैंकका अनुसार…