पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेर राष्ट्रियस्तरको विकास बैंकमा बढुवा भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा ३० करोड ८ लाख नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५१.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको…