नेपाल विद्युत प्राधिकरणले २५ प्रतिशत शेयर जनतालाई बिक्री गर्ने

सरकारी स्वामीत्वको नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । जसका लागि आवश्यक पहल थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विगत तीन बर्षको उपलब्धी र भावी योजनाहरु बारे जानकारी दिदैं प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत शेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल थालिएको कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए ।…