बागलुङ जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । एकीकृत सहकारी…