पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए…