ठूलो रकमसहित हुण्डी कारोवारी पक्राउ

ठूलो रकमसहित हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उनका अनुसार उनको कोठामा छापा मार्दा ३६ लाख नगद, साट्न राखेको ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार…