अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरेका छन् । नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई आग्रह गरे । उनले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय विमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध…