अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ।दाङमा सहायक वन अधिकृत २० हजार घुस रकमसहित पक्राउ परेका हुन् । साहलाई लमहीको एक जुस पसलबाट घुस रकम सहित पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।