नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो। पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा…