तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने। पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ। त्यसैले तिहार जति नजिक आउँदैछ, बजारमा पालाको माग पनि उत्तिकै बढ्दो छ। पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर…