टी-२० क्रिकेट विश्वकपमा छनोट भएको टोलीलाई खेलकुद परिषद्ले जनही १३ लाख दिने

टी-२० विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई खेलकुद परिषद्ले जनही १३ लाख दिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने टी-२० विश्वकपक्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा…