हवाई यातायातले समग्र विश्वलाई सहज पहुँच भएको एउटा गाउँमा परिणत गरिदिएको छ । हवाई यातायातले उद्योग, व्यापार र व्यावसायिक गतिविधि सञ्चालनको आधार तयार गरेको छ । सन् २०१९ को तथ्याङ्कले विश्वको आधाभन्दा बढी जनसङ्ख्या हवाई यात्रु रहेको देखाउँछ । यो सङ्ख्या वार्षिक चार अर्ब ५० करोड रहेको छ । सन् १९७० पछि हरेक १५ वर्षको…