स्थायी तरलता सुविधा थप सहज बनाउदै केन्द्रीय बैंक, ‘ओभर नाइट’ गराउन बैंकरहरुको सुझाव

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्थालाई थप खुकुलो बनाउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था अनुसार खुकुलो बनाउन आन्तरिक तयारीमा जुटेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरेको छ…