औद्योगिक क्षेत्रमा कर्जा लगानी ९% ले घटेपछि औसत क्षमता उपयोगमा गिरावट

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट औद्योगीक क्षेत्रमा कर्जा लगानी घटेसंगै उद्योगहरुको औसत क्षमता उपयोगमा गिरावट आएको छ । कर्जा लगानीमा कमी संगै आर्थिक गतिविधिमा आएको सुस्तता र बजारमा माग घटेसँगै उद्योगको उपयोग क्षमतामा गिरावट आएको हो । चालु आर्थिक वर्षको समीक्षा अवधिमा उद्योगको औसत क्षमता उपयोग ४३.०७ प्रतिशत रहेको छ ।…