नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरेर पौने २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । ट्रेजरी बिलमार्फत सरकारले २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये १८ अर्ब ७४ करोड ५०…