सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई समय सापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् । सञ्चार मन्त्री शर्माले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताएकी हुन् । उनलेआगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र…