व्यावसायिक क्षेत्रमा विद्यमान प्रतिकूल परिस्थितिको अन्त्य गर्न उधारो असुली कानुन आवश्यक

नेपाल समुन्द्रपार निकासी पैठारी संघले आर्थिक क्षेत्रमा देखिएका प्रतिकूलता न्यूनीकरण तथा उद्यमी व्यवसायीको चासो सम्बोधन गर्ने खालका कानुनी व्यवस्था यथाशीघ्र मिलाउन आग्रह गरेको छ । संघले पछिल्लो समय उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने, उधारो असुली कानुनको अभावमा बक्यौता नतिर्नेविरुद्ध कानुनी उपचार खोज्न पनि नसकेको, बैंकहरुको साँवाब्याज भुक्तानी गर्न नसकेर इमानदारी र प्रतिष्ठा जोगाउन नसकेको…